३ कार्तिक २०८३, मंगलबार

म्यानचेस्टर युनाइटेड उपाधि विहीन, चेल्सीलाई एफए कपको उपाधि

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ६ जेठ । म्यानचेस्टर युनाइटेड यो सिजन उपाधि बिहीन बनेको छ । इंग्लिस प्रिमियर लिगमा दोस्रो भएको तथा च्याम्पियन्स लिगबाट बाहिरिएको जोसे मोरिन्होको टिमलाई उपाधिको आशा एफए कपमा थियो ।

शनिबार राति वेम्बलीमा भएको एफए कपको फाइनलमा चेल्सीसँग पराजित भएपछि म्यानचेस्टर युनाइटेड सिजनमा उपाधि विहीन भएको हो ।

गएको सिजन प्रिमियर लिगको उपाधि जितेको चेल्सी यो सिजन प्रिमियर लिगमा खराब अवस्थामा रह्यो । तर उसले एफए कपको उपाधि उचालेर सिजन पूरै खाली हात हुनबाट भने जोगियो ।

चेल्सीको जितमा २२ औँ मिनेटमा इडन हजार्डले पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । म्यानचेसटर युनाइटेडका एलेक्स सान्चेजले गोल गरेका थिए । तर अफसाइड भएका कारण रेफ्रीले मान्यता दिएनन् ।

पउल पोग्बाले गोल गर्ने मौका गुमाए । यो खेल चेल्सीको प्रशिक्षकको रुपमा एन्टोनिओ कोन्टेको अन्तिम खेल हुने सम्भावना छ । – एजेन्सी