
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुको मार्मिक कथालाई बुनेर युवा गायक तथा मोडल प्रकाश सपुतले ल्याएको नयाँ गीत ‘बोल माया’ भाइरल बनेको छ ।
युट्यूवमा रिलिज भएको दुई दिनमा करिब दुई लाख दर्शकले यो गीत हेरिसकेका छन् भने युट्युव ट्रेडिङमा १० औँ शीर्ष नम्बरमा छ । करिब दुई लाख रुपैँयाको लगानीमा बनाइएको यस भिडियोको छायांकन गायक प्रकाशको गृहजिल्ला बागलुङमा गरिएको छ ।
कला, गला भएका फरक धारका सिर्जना सिर्जित गर्न माहिर मानिने प्रकाशले नै म्युजिक भिडियोको पनि निर्देशन गरेका छन् । गीतमा स्वर, संगीत र शब्द पनि उनकै छ । प्रकाशको स्वरमा वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझी, गायिका शान्तिश्री परियारले स्वर मिलाएका छन् ।
म्युजिक भिडियोको प्राविधिक पक्ष नै उत्तिकै बलियो छ । कथा बस्तु, रचना र अभिनय निकै दमदार छ । प्रकाश, अञ्जली अधिकारी र सितारे गन्धर्वको अभिनय छ ।
लोक संस्कृति क्षेत्रमा पश्चिमी हावा लागिरहेका बेला आएको यो गीतले दर्शकहरुलाई रुवाएको त छँदैछ, धेरैपछि एउटा जीवन्त गीत पाउँदा दर्शकको मन जित्न सफल भएको छ ।















प्रतिक्रिया