हवाना, ५ जेठ । क्युवामा विमन दुर्घटना हुँदा १०० जनाभन्दा धेरै यात्रुको मृत्यु भएको छ ।
राजनधान हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा क्युवाको सरकारी एयरलाइन्स क्युवाना डी एविएसनको बोइङ्ग ७३७ विमान दुर्घटना भएको र त्यसमा रहेका अधिकांश यात्रुको ज्यान गएको हो ।
दुर्घटनमा तीनजना बाँच्न सफल भएका छन्, तर उनीहरुको अवस्था गम्भीर रहेको क्युवाको कम्युनिष्ट पार्टी पत्रिका ग्रान्माले जनाएको छ ।
नेपाली समय अनुसार शुक्रबार राति ९ बजेर ५३ मिनेट बोइङ्ग ७३७ ले क्युवाकै होग्गुइन शहरका लागि उडान भरेको थियो ।
विमानमा यात्रु तथा चालकदलका सदस्य गरी ११० जना रहेको बताइएको छ । चालकदलका ६ सदस्य मेक्सिकन नागरिक रहेको र यात्रु सबै क्युवाकै नागरिक रहेको बताइएको छ ।
सन् १९७९ मा बनेको विमानको जाँच गएको नोभेम्बरमा गर्दा राम्रो देखिएको विमान सञ्चालन गर्दै आएको मेक्सिकन कम्पनी एइरोलाइन्स डामोज्हले जनाएको छ ।
हवानाको विमानस्थल नजिकै बोयीरोस–हवाना राजमार्गमा विमान खखसेको रेडियो हवानाले जनाएको बिबिसीले उल्लेख गरेको छ ।















प्रतिक्रिया