काठमाडौँ, १६ पुस । उद्योगमन्त्री महेश बस्नेतले सूचना प्रविधिको क्षेत्रमा युवालाई आकर्षित गर्न लगानी मैत्री वातावरण बनाउन मन्त्रालय अग्रसर रहेको बताउनुभएको छ ।
बुधबार उद्योगमन्त्रालयमा आयोजित ‘आर्थिक सम्बृद्धिका लागि युवा उद्यमशीलताको विकास’ विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गदैँ उहाँले यस्तो बताउनु भएको हो ।
‘युवा उद्यमशील कार्यक्रम अन्तरगत मन्त्रालयले ‘नविन विचार कोष’ सञ्चालनको अन्तिम तयारी गरेको छ,’ उहाँले भन्नुभयो, ‘प्रशासनिक क्षेत्र र दलका नेताहरुले सूचना प्रविधि क्षेत्रको विकासका लागि चासो नदेखाएकाले यस क्षेत्रको विकास चाहे अनुरुप हुन नसकेको छैन ।’ ।
उहाँले उक्त क्षेत्रको विकास हुनसक्नुमा राजनीतिक अस्थिरता प्रमुख कारक रहेको समेत बताउनुभयो । ‘२०६२/०६३ पछि केही मात्रामा लगानीको वातावरण बनेको थियो । त्यसपछि बीचमा सुस्तायो र अहिले पुनः लगानीको वातावरण सिर्जना हुँदैछ,’ उहाँले भन्नुभयो । ‘















प्रतिक्रिया