चीन, ५ जेठ । अत्याधिक वर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ । पूर्वी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन् ।
चीनको दिङसी र लोङगान सहरमा गत बुधबार आएको वर्षाका कारण मृत्यु हुनेहरुको संख्या आठ पुगेको स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
वर्षाले तीन हजार ६९० हेक्टर क्षेत्रफलमा रहेको बालीनाली समेत नष्ट पारेको समाचारमा जनाइएको छ ।
युगाण्डामा भइरहेको अत्यधिक वर्षाका कारण डेढ लाख व्यक्ति घरबार बिहीन भएको सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।
घरबारविहीन भएकाहरूलाई सुरक्षित ठाउँमा रहेका विद्यालय र चर्चहरुमा राखिएको छ । उनीहरू अझै त्रसित अवस्थामा रहेका छन् ।
धेरै जना घरबार बिहीन भएको माउन्टेन इल्गोन क्षेत्रमा हरेक वर्ष यस्ता बाढी पहिरोका घटनाहरू हुने गरेका छन् । – सिन्ह्वा















प्रतिक्रिया