
काठमाडौं । केहीमात्र फिल्ममा अभिनय गरेकी मोडल सहाना बज्राचार्य ८ वर्ष अघि मिस अर्थकी नेपाल प्रतिनिधित्व गर्ने युवती हुन् ।
मिस नेपालको फस्र्ट रनरअप भएपछि उनी मिस अर्थमा सहभागी हुन पुगिन् जहाँ उनले निसन्देह विकिनी अवतारमा सुन्दरता छरिन् ।
मिस नेपाल हुँदै मिडियामा छाएकी सहाना यसबीच धेरै विवादमा तानिएकी थिइन् । अहिले पनि टेलिभिजनमा लाइभ कार्यक्रम प्रस्तोता रहेकी सहाना के–के विवादमा तानिएकी थिइन् त ?
साहना उनका कार्यक्रम प्रस्तोता सूरज गिरीसँगको प्रेम र सम्बन्धका कारणले चर्चामा आएकी थिइन् । कान्तिपुर टेलिभिजनको ‘कल कान्तिपुर’ चलाउने यो जोडीले विवादास्पद घटना व्यहोरेपछि त्यहाँबाट विदा लिनु परेको थियो ।

०७१ मा चितवन प्रहरीले सहाना र सूरजलाई आपत्तिजनक अवस्थामा सडकमा गाडीबाट पक्राउ गरेको थियो । उक्त घटनापछि दुवैले कान्तिपुर टेलिभिजन छाड्नुपरेको थियो । त्यसपछि नेपाल टेलिभिजन–२ मा सोही शैलीको कार्यक्रम यो जोडीले उत्पादन गरी प्रशारण गर्दै आइरहेको छ ।
सोही पेरिफेरिमा एउटा फिल्मको कार्यक्रममा पुग्दा पत्रकार अनुप भट्टराईमाथि आक्रमण गर्दै अपशव्द बोलेका कारण साहना अर्को विवादमा फँसिन् । भट्टराईले अभिनेत्री निशा अधिकारीको तस्बिर लिन खोज्दा साहना आक्रामक भएर प्रस्तुत भएकी थिइन् । पछि उनले माफी माग्नु परेको थियो ।
उता फोन गरेर अश्लील गाली गरेको आरोपमा गिरीसहित साहनालाई प्रहरीले पक्राउ समेत गरेको थियो । फोन गरेर तथानाम गाली गर्दै हत्या गर्नेसम्मको धम्की दिएको भन्दै भारतीय व्यापारी हर्षवर्धन साहनीले महानगरीय प्रहरी अपराध महाशाखमा उजुरी गरेपछि गिरी र बज्राचार्यलाई पक्राउ गरिएको थियो । सो विवादमा पनि उनी परेकी थिइन् । त्यसबेला अपराध महाशाखा प्रमुख पुस्कर कार्की थिए । सहनीले प्रहरी कार्यालयमा बुझाएको अडियो रेकर्डमा दुवैले उनको हत्या गर्ने सम्मको धम्की दिएका थिए ।
विभिन्न विवादमा नाम जोडिए पनि साहनाले मिडिया करिअरलाई भने जारी राखेको उनीनिकटकाहरू बताउँछन् । विवादमा आइरहने भएकाले साहना मिडियाभन्दा टाढा छैनन् ।
















प्रतिक्रिया