
काठमााडौँ, २ जेठ । नेकपा (एमाले) स्थायी समितिको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा माओवादी केन्द्रसँगको पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम लगायतका विषयमा कुराकानी हुनेछ ।
यसैगरी, प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकमा आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्ताका विषयमा जानकारी गराउनेछन् ।
ओली र प्रचण्डबीच आज बिहान भोली एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको छ । साथै, भोली नै दुई पार्टीबीच एकीकरण हुने सम्भावना पनि छ ।
बैठकमा एकता संयोजन समितिका एजेण्डा, भोली नै बस्ने पार्टीको केन्द्रीय समिति बैठक लगायतका विषयमा पनि कुरा हुने नेताहरुले जनाएका छन् ।















प्रतिक्रिया