१ कार्तिक २०८३, आइतबार

कम्तिका छैनन् रमेश खरेल, पत्नीको नाममा रकम झ्वाम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-kharelकाठमाडौं, १६ पुस । नेपाल प्रहरीमा एसएसपी रमेश खरेल सबैभन्दा लोकप्रिय र इमान्दार अधिकृतका रुपमा चिनिन्छन् । तर, उनले पनि पत्नी रञ्जु खरेललाई सुराकी बनाएर कमिसन खाएका छन ।

खरेल पर्सा प्रहरी प्रमुखको रुपमा काम गर्दा पत्नीलाई सुराकी देखाएर भन्सार कार्यालयबाट कमिसन लिएका थिए ।

भन्सार छलेर आएका विभिन्न सामान बरामद गर्दा उनले पत्नी रञ्जुको नाम सुराकी प्रतिवेदनमा राखेर कमिसन बुझेका कागजपत्रहरु फेला परेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

भन्सार छलीका सामानहरु बरामद गर्दा आफन्तलाई सुराकी बनाएर कमिसन खाने चलन प्रहरीमा पुरानै हो ।

त्यस्ता सामानहरु बरामद गर्दा प्रहरीले छुट्टै भत्ता पाउने भएकाले सुराकी नै नहुँदा पनि काल्पनिक सुराकी खडा गरेर पैसा लिने गरिन्छ ।

खासगरी तराईका जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले दैनिक लाखौंको भन्सार छलीको सामान बरामद गर्छ ।

कतिपय सुराकीकै आधारमा र कतिपयमा नियमित चेकिङका क्रममा बरामद हुन्छ ।

तर, सबै सामान सुराकीकै आधारमा बरामद भएको देखाएर प्रहरीले त्यसवापतको पैसा आफैं खाने गर्छन् ।

तलबले नपुग्ने भएकाले त्यसरी पैसा कमाउनु बाध्यता भएको केही प्रहरी अधिकारीहरुले बताए ।

कमिसन लिएकै हो : खरेल
मैले घुस खाएको छैन, भ्रष्टाचार गरेर पैसा कमाएको छैन । नियमअनुसार खान के भयो र रु  वीरगन्जमा हुँदा पनि नियमले पाउने गरी नै खाएको हुँ ।

झुटो बोल्दिनँ, श्रीमतीको नाम राखेकै हुँ । तर, के मेरी श्रीमती यो देशकी नागरिक होइनन् रु के उनले सुराकी दिने अधिकार राख्दिनन् ।

सिरहामा चोरीको स्कर्पियो गाडी समात्दा र काठमाडौंमा अवकाशप्राप्त एआइजी रमेश श्रेष्ठको गाडी समात्दा पनि मैले नियमले मिल्ने गरी कमिसन खाएको छु ।

नियमअनुसार प्रहरीले कमिसन खान्छन् । यो विगतदेखिकै प्रचलन हो ।

मिति : ०६८ कात्तिक २३

घटना : तस्करी गरी ल्याएर वीरगन्ज–१५ लुकाइएको इन्डिका कार प्रहरीद्वारा बरामद प्रतिवेदन स् रञ्जु खरेललगायतको सुराकीमा कार बरामद भएको भन्दै सुराकी भत्ता पाउन राजस्व कार्यालयमा पत्र वास्तविकता स् प्रहरीले अपरेसन गरेर तस्करीको गाडी जफत गर्‍यो, तर कमिसन तत्कालीन पर्सा प्रहरी प्रमुख रमेश खरेलकी श्रीमती रञ्जु खरेलले बुझिन् थप घटना स् त्यसअघि र पछि भन्सार छलेर ल्याइएका बोलेरो जिपलगायतका सामान बरामद गर्दा रञ्जु खरेल सुराकी बनेकी छिन् र उनका नाममा कमिसन गएको छ