हेटौडा, १५ पुस । नारायणी यातायात व्यवसायी संघले हरेक बर्ष प्रदान गर्दै आईरहेको नारायणी यातायात पत्रकारिता पुरस्कार यस बर्ष चितवनका क्रियाशिल पत्रकार होमनाथ सापकोटालाई प्रदान गरेको छ ।
नागरिकको सुचनाको हकको प्रत्याभूति, व्यवसायिक र स्वच्छ पत्रकरिता मार्फत सामाजिक विकासमा पुर्याएको योगदानको मुल्याङकन गर्दै संघले आफनो २८औं साधरण सभा तथा अधिवेशनका अवसरमा उहाँलाई नगद सहित पुरस्कृत तथा सम्मान गरेको हो ।
विगत १२ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार सापकोटा नेपाल पत्रकार महासंघ चितवनको कोषाध्यक्ष,पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष तथा चितवन पोष्ट र सिनर्जी एफएममा कार्यरत रहनुभएको छ ।
पत्रकार सापकोटा सहित संघले मकवानपुरका पत्रकार हरि हुमागाई र विरगञ्जका पत्रकार रितेस त्रिपाठीलाई पनि सो पत्रकारिता पुरस्कारवाट पुरस्कृत गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रानाभाट र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले तीनै जना पत्रकारलाई पुरस्कृत गर्नुभएको थियो ।
कार्यक्रममा संघले व्यवसायी हरिहर अर्याललाई सम्मान तथा रमेश न्यौपाने र माया ब्लोनलाई छात्राबृद्धि पुरस्कारवाट पुरस्कृत गरेको छ । संघको २८औं साधरण सभा तथा अधिवेशन तथा अधिवेशन आज देखि हेटौडामा सुरु भएको छ । अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।















प्रतिक्रिया