१ कार्तिक २०८३, आइतबार

गरिमा विकास बैंकले ल्यायो ‘गरिमा रेमिट’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ जेठ । गरिमा विकास बैंक लिमिटेडले मंगलबार आफ्नो रेमिट प्रोडक्ट ‘गरिमा रेमिट’ सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक डा.आनन्द प्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक श्रेष्ठले विकास बैंकले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरुमा विविधिकरण गर्दै जाने क्रममा गरिमा रेमिट जस्तो महत्वपूर्ण प्रोडक्ट सञ्चालनमा ल्याईएको र यस रेमिटको माध्यमबाट देशका विभिन्न स्थानहरुमा रहने गरिमा रेमिटका एजेण्टहरु मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने जनाए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बर्तमान प्रतिष्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विकास बैंकले गरिमा रेमिट नामको रेमिट्यान्स प्रोडक्ट सञ्चालनमा ल्याएको र छोटो समयभित्र नै गरिमा रेमिटलाई एउटा स्थापित रेमिट ब्राण्ड बनाउने गरि कार्य गरिने प्रतिवद्धता जनाए ।

साथै, कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ढकालले विकास बैंकले छिट्टै नै विदेशी मुद्रा विनिमय सम्बन्धी कार्य गर्ने तथा भिसा डेविट कार्ड समेत सञ्चालनमा ल्याईने जानकारी दिए ।

काठमाण्डौं महानगरपालिका वार्ड नं.–२, लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको विकास बैंकले बैशाख महिनामा प्रदेश नं.१ काझापा, मोरङ्ग र सुनसरी जिल्लामा ८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । हाल काठमाडौँमा ५ शाखा कार्यालयसहित देशभर ५७ वटा शाखा कार्यालय र १२ वटा एटीएम संचालनमा रहेको छन ।

बैंकले छिट्टै नै झापाको दमक, काठमाण्डौंको नयाँ बानेश्वर, भक्तपुरको सूर्यविनायक, ललितपुरको कुमारीपाटी, रुपन्देहीको योगीकुटी, कैलालीको धनगढी, बाँकेको नेपालगञ्ज, दाङ्गको घोराही र पोखराको रामबजारमा समेत शाखा कार्यालय स्थापना गर्ने तयारी गरेको छ । त्यसपछि बैंकका कूल शाखा संख्या ६६ पुग्नेछन ।

बैंकको चुक्ता पूँजी २ अर्ब ५३ करोड ४८ लाख७९ हजार रहेको छ । बैंकले २०७५ बैशाख मसान्तसम्म १८अर्ब ९० करोड रुपैंया निक्षेप संकलन गरि १७ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उक्त अवधिसम्म बैंकले ४४ करोड मुनाफा गर्न सफल भएको छ ।