काठमाडौं, १५ पुस । सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले पुष २७ गतेलाई राष्ट्रिय एकता दिबस मनाउन सरकार सकारात्मक रहेको बताउनु भएको छ ।
गोरखा समाजको प्रतिनिधिसँगको भेटमा सञ्चारमन्त्री रिजालले एकता दिवस तथा पृथ्वीजयन्ती महत्व सरकारले राम्रोसँग बुझेको र दिवस मनाउन सरकारले सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, यस बिषयमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ केही समयपछि राष्ट्रिय एकता दिबस मनाउने वाताबरण बन्छ ।
समाज सेवाका पदाधिकारीले मन्त्री रिजालसँग पुस २७ गतेको दिन राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती भव्य रुपमा मनाउन माग गरेका थिए । मुलुकलाई राष्ट्रिय एकता दिवस विहीन बनाइएकाले यसलाई निरन्तरता दिन साहित्यकार भीमनिधि तिवारीले लेख्नु भएको नाटक शिलान्यास मन्चन गर्न लागिएको समाजले जनाएको छ । विसं २०६२—०६३ को जनआन्दोलनपछि राष्ट्रिय एकता दिबस मनाउन छाडिएको थियो ।
















प्रतिक्रिया