नयाँदिल्ली, १ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेसलाई दिएको चेतावनीका बारेमा भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेका छन् ।
प्रधानमन्त्री मोदीले कर्नाटकको हुब्लीमा दिएको भाषणका क्रममा बोलेको विषयलाई पूर्वप्रधानमन्त्री सिंहले खण्डन गरेका छन् ।
कर्नाटकमा भएको निर्वाचनका क्रममा आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि प्रधानमन्त्री मोदीले शक्ति र अधिकारको दुरुपयोग गरेको सिंहको आरोप छ ।
गत मे महिनाको ६ तारिखमा हुब्लीमा भएको ¥यालीपछि आयोजित कार्यक्रममा मोदीले ‘कांग्रेसका नेताहरूले कान खोलेर सुन्नुस्, म मोदी हुँ, तपाईहरूले सीमा नाघेर अघि बढेमा त्यसको परिणाम भोग्नु पर्नेछ’ भनेका थिए ।
मोदीको भनाईलाई पूर्वप्रधानमन्त्री डा.सिंहले ‘शान्ति भाड्ने दुरासयले आएको धम्की र त्रासपूर्ण अभिव्यक्ति’ भनेका थिए ।
‘न हाम्रो पार्टी न हाम्रा कुनै नेता, कसैले पनि यस्तो तल्लोस्तरका धम्की दिने कुरालाई सहन सक्दैनन्’, सिंहले पत्रमा लेखेका छन् ।
उनले पत्रमा भनेका छन्, ‘कसैका बिरुद्धमा चेतावनी दिने, धम्की दिने र त्रसित पार्ने अभिव्यक्ति दिँदा प्रधानमन्त्री मोदीले सावधानी अपनाउनु होला ।’
राष्ट्रपतिलाई बुझाइएको पत्रमा पूर्वप्रधानमन्त्री सिंह बाहेक काँग्रेंसको दुवै संसदीय दलका नेता र बरिष्ठ नेताहरू पि चितम्बरम्, अशोक गेलोट, अम्बीका सोनी, मुकुल वास्निक, मोतीलाल भोरा, कमलनाथ र अहमद पटेलले हस्ताक्षर गरेका छन् । – एएनआइ















प्रतिक्रिया