
सिरहा, ३१ वैशाख । सुखिपुर नगरपालिका ८ विद्यानगरका रामेश्वर महतोले लेनदेनको विषयमा औरही गाउँपालिका २ तुलसीपुरका रामसोभित महतोमाथि लगाएको आरोप झुठा सावित भएको छ ।
दुई दिन अगाडी पत्रकार सम्मेलन गरी रामेश्वरले एमबिविएस पढ्न छोरीको नाम निकालिदिने भनेर १० लाख रुपैयाँ लिएको रामशोभितमाथि आरोप लगाएका थिए । तर रामसोभितबाट लिएको ऋण तिर्न नसक्दा रामेश्वरले झुठो आरोप लगाएको रहस्य खुलेको हो । रामसोभितसँग सुखिपुर चौकमा घर बनाउन १४ लाख रुपैयाँ ऋण लिएका थिए । त्योमध्ये ५ लाख मात्र फिर्ता गरे । बाँकी ९ लाख रुपैयाँ माग गरेपछि उनले उल्टै चरित्र हत्या गर्न र रकम बेइमानी गर्न खोजेको रामसोभितले दावी गरे ।
रामसोभित रामेश्वरका सहोदर दाई रामनारायण महतोको आफ्नै ज्वाई हुन् । रामसोभित भन्छन्, ‘रामेश्वर रिलेसनमा ससुरा पर्नुहुन्छ । त्यही भएर उहाँलाई ऋण दिँदा कपाली कागज गराएनौं । म उहाँलाई इमान्दार ठाने तर उहाँले बेइमान सावित भयो । उहाँले उल्टै रकम ठगेको भनेर पत्रिकामै समाचार निकाल्न लगाएपछि आश्र्य लाग्यो,’ उनले थपे ।
कागज देखाउदै रामसोभितले भने, ‘हेर्नुस् यो कागज । संजिव राउतले आफूबाट ५ लाख रुपैया लिएर ऋण चुक्ता गर्नुभएको छ । तर रामेश्वरले आफूले संजिव मार्फत ५ लाख रुपैया दिएको भनेर सरासर झुठ बोलेका छन् ।’ उनले रामेश्वरले नभई आफूले नै उनलाई ऋण चुक्ता गर्न पटक पटक ताकेता गरेको पनि स्पष्ट पारे ।
उनले धम्की दिएको र काठमाडौं पुगेर कुटपिटको प्रयास गरेको भनेको कुरा पनि सरासर झुठ भएको बताए । उनले आफूले कहिल्यैं पनि फोन मार्फत कसैलाई पनि धम्की नदिएको बताए । उनी भन्छन्, ‘यदि म धम्की दिएको हो भने मेरो कल डिटेल निकालेर छानविन गर्न पनि प्रशासनसंग आग्रह गर्छु । होइन भने झुठो आरोप लगाएर रकम बेइमान गर्ने रामेश्वरमाथि कडा कारबाही गर्न पनि माग गर्दछु ।’
रामेश्वरले प्रहरी मार्फत पटक पटक टर्चर गराउदा आफू पुनरावेदन अदालत राजविराजमा पुगेर निषेधाज्ञा समेत जारी गर्न लगाएको रामसोभित बताउँछन् । अदालतले जारी गरेको निषेधाज्ञा आदेशमा भनिएको छ, ‘सुविधा सन्तुलनको टुंगो नलागेसम्म कानून बमोजिम बाहेक लेनदेन देवानी विषयमा निवेदकलाई गैरकानूनी रुपमा पक्राउ नगर्न, थूनामा नराख्न तथा मानसिक तथा शारिरीक यातना नदिनु दिन नलगाउनु ।’












प्रतिक्रिया