२२ कार्तिक २०८३, आइतबार

रामेछापमा रणजोर खोलाले बगाउँदा १ जना विद्यार्थी बेपत्ता, ३ जना घाइते

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रामेछाप, ३१ बैशाख । रामेछापको सदरमुकाम मन्थलीमा खोलाले बगाउदा एक किशोरी वेपत्ता भएकी छिन् । मन्थलीबाट कक्षा ११ को परीक्षा दिन जाने क्रममा स्थानीय रणजोर खोलाले बगाउँदा मन्थली हाटेचौरकी १८ बर्षकी उष्मा फुयाँल बेपत्ता भएकी हुन् ।

सदरमुकाम मन्थलीमा रहेको मन्थली माध्यामिक विद्यालयमा अध्ययनरत फुयाँल मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीमा रहेको रुद्राक्षश्वर माध्यामिक विद्यालय परीक्षा केन्द्रमा परीक्षा दिन हिँडेकी थिइन । परिक्षा दिन हिडेका ७ जना एक अर्काको हात समातेर खोला तरेका थिए ।

त्यहि क्रममा बालुवा, ढुंगासहित आएको खोलाको बहावले हानेपछि सातै जनालाई खोलाले बगाएको थियो । खोलाले बगाएका ७ जना मध्ये ६ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए । उद्धार गरिएको ६ जनामध्य ३ जना सामान्य घाइते छन् । घाइतेहरुको सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भैरहेकोे छ ।

बेपत्ता फुयाँलको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरुले खोजी कार्य जारी राखेका छन् । सोमबार कक्षा ११ को अनिवार्य नेपाली परीक्षा रहेको थियो । आइतबार मध्यरातदेखि परेको अविरल बर्षाका कारण रामेछाप सदरमुकाम मन्थलीको बजार क्षेत्र अस्तव्यस्त भएको छ ।

बसपार्क लगाएत सडक किनारमा पार्किङ गरि राखिएको यात्रुबहाक बस , ट्रक ,ट्याक्टर मोटरसइकल पुरिएका छन् । मन्थली बजार क्षेत्रमा अकल्पनिय क्षति पु¥याएको मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले बताए । उनले २०६१ साल पछि मन्थलीमा अकल्पनीय रुपमा बर्षा भएको बताए ।