१ कार्तिक २०८३, आइतबार

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुँदै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

आगामी जेठ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट ४००, भारतबाट १५० र बंगलादेशबाट १० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।

दुईदिने उक्त प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । प्रतियोगिताको अवधिमा काठमाडौँ महानगरपालिका– २६ का अन्तर्राष्ट्रिय पदक विजेतालाई समेत सम्मान गरिने आयोजकले जनाएको छ । –रासस