२२ कार्तिक २०८३, आइतबार

छोराले गरे आमाको कुटपिट गरी हत्या

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, ३० वैशाख । सिरहाको भगवानपुर गाउँपालिकामा आफ्नै छोराले कुटपिट गरी आमाको हत्या गरेको छ ।

सिरहाको भगवानपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय धिरजकुमार पौडेलले मादकपदार्थ सेवन गरी आइतबार बिहान ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवीको हत्या गरेको हो ।

आमाको हत्या गर्ने धिरज पौडलेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएकोे इप्रका लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्द्रले जानकारी दिनुभयो । मृतकको शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । –रासस