नुवाकोट, ३० बैशाख । प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले युवालाई विदेश पठाएर देशलाई मरभूमिकरण गर्न दिन नहुने बताएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ३ ले आइतबार नुवाकोटमा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लामाले युवालाई देशमै रोक्ने वातवरण बन्दै गइरहेको बताए ।
‘युवाहरु अब विदेश गएर पसिना बगाउने होइन’ उनले भने, ‘देशमै आयआर्जनमा लाग्नुहोस् सरकार सबै खालको सहयोग गर्न तयार छ ।’ कृषि र पर्यटनबाट देश विकास हुने भन्दै उनले युवालाई त्यसमा जोड दिन आग्रह गरे ।
देशमा काम गर्न जाँगरको मात्रै खाचो भएको उल्लेख गर्दै मन्त्री लामाले पैसाको अभाव नरहेको प्रष्ट पारे । उनले भने, ‘काम गर्नका लागी पैसाको चिन्ता नलिनुहोस्, मात्र काम गर्ने तिव्र इच्छाशक्ति देखाउनुहोस् ।’
मन्त्री लामाले नुवाकोटका विभिन्न क्षेत्रलाई कृषिको पकेट क्षेत्र घोषणा गरेर प्रदेश सरकारले काम गर्ने बताए । उनले प्रदेश नम्वर ३ का सबै जिल्लालाई कृषिको अग्रणी जिल्लाको रुपमा स्थपित गरेरै छाड्ने दावी गरे ।












प्रतिक्रिया