१ कार्तिक २०८३, आइतबार

सस्तो मूल्यमै पाइने भो निशानको गाडी, यस्ता छन् सुविधा

17.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । मध्यम वर्गीय परिवारलाई लक्षित गरी निशान माइक्रा ह्याचब्याक गाडीले बिक्री सुरुवात गरेको छ।

सन् २०११ बाट नेपाली बजार प्रवेश गरेको निशान गाडीलाई पायोनियरले बजार प्रवर्द्धन गर्दै आएको छ ।

ग्राहकलाई मेन्टिनेन्स सुविधानका लागि मोवाइल मेकानिक टोलीको सुविधा दिइएको छ ।

माइक्रामा १.२ लिटरको युरो ४ स्ट्यान्डर्डको इन्जिन प्रयोग गरिएको छ । जसले ५ हजार आरपिएममा ६८ पिएस पावर र ४ हजार आरपिएममा १०४ एनएम टर्क उत्सर्जन गर्छ ।

२ सय ५१ लिटर बुट स्पेस रहेको माइक्रामा ४१ लिटर इन्धन क्षमता छ । एक्सएल तथा एक्सभी भेरियन्टको माइक्राले १८.९७ र एक्सभि सेफ्टीले १९।४९ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।

माइक्रा सुन्तला, निलो, कालो, सिल्भर, रातो र सेतो गरी ६ वटा रङ्गहरूमा उपलब्ध छ । गाडीमा ब्लुटुथ कनेक्टिभिटी, एयर ब्याग, एबिएस लगायतका सुविधा छन् ।

गाडीमा रहेको सेल्फ डाइग्नाइस सिस्टमका कारण आफैले गाडी बिग्रिएको थाहा पाउन सकिन्छ । यो सिस्टम अरु कुनै पनि कम्पनीसँग छैन ।

माइक्राको खरिदमा ग्राहकले ३ वर्षको वारेन्टी र ३ वर्षकै फ्रि सर्भिसिङ पाउनेछन् । ‘एक्सएल’ भेरियन्टको मूल्य २५ लाख ९९ हजार, ‘एक्स भि’को २६ लाख ९९ हजार र ‘एक्सभि सेफ्टी’ को २८ लाख ९९ हजार निर्धारण गरिएको छ ।