३ कार्तिक २०८३, मंगलबार

सन्दीपले आज आईपीएलमा डेब्यु गर्दै

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ बैशाख । नेपाली क्रिकेटर सन्दीप लामिछानेले अन्ततः इन्डियन प्रिमियर लिग (आईपीएल) मा ‘डेब्यु’ गर्ने भएका छन् । उनी दिल्ली डेयर डेभिल्सबाट शनिबार आईपीएलमा पहिलो पटक खेल्ने भएका हुन् ।

शनिबार रोयल च्यालेन्जर्स बेङलोरसँगको खेलमा उनले खेल्नेछन् । लामिछाने नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर हुन् । नोभेम्बरमा बेङलोरमा भएको अक्सनमा दिल्लीले सन्दीपलाई २० लाख भारुमा खरिद गरेको थियो ।