१ कार्तिक २०८३, आइतबार

खेलकुद क्षेत्रले महिलालाई स्थापित गराएको छ–उपसभामुख तुम्बाहाम्फे

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २९ बैशाख । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले खेलकुद क्षेत्रले महिलाहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा स्थापित गरेको बताएकी छन् ।

‘खेलकुद क्षेत्रले नेपाली महिलाहरुलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराएको छ’, रोल्पामा आजबाट शुरु भएको सभामुख कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘महिला खेलाडीहरुको प्रेरणाले नेपाली महिलाहरुको सशक्तिकरण र अधिकारका पक्षमा लाग्न थप प्रेरित गरेको छ ।’

आफ्नो पहिचानलाई स्थापित गर्दै रोल्पाले अहिले खेलकुदका क्षेत्रमा नयाँ काम गरिरहेको भन्दै उपसभामुख तुम्बाहाम्फेले रोल्पा सधैं क्रियाशील र गतिशील भइरहनेमा विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा प्रदेश सांसद दिपेन्द्र पुन ‘सिजल’, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टलगायतले सम्बोधन गरेका थिए ।

राष्ट्रिय खेलकूद परिषद्ले आयोजना गरेको सभामुख कप भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ अलग–अलग गरी ७ प्रदेशका १४ टोली, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोलीतर्फ महिला र पुरुषका अलग–अलग गरी ६ टोली सहभागी भएका छन् ।