अमेरिका । अमेरिकामा सन् २०११ देखि मिस नेपाल यूएस (मिस नेपाल अमेरिका)सफलता पूर्वक सम्पन्न गर्दै आएको उक्त प्रतियोगिता यो वर्ष टेक्ससको ड्यालसमा हुने भएको छ ।
आयोजकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अमेरिकाका नेपाली समुदायले दिएको हौशला, अपार माया, सद्भाव तथा सहयोगप्रति धन्यवाद दिएका छन् । यसलाई अझ व्यवसायिक तथा स्तरीय बनाउन झन्डै २ वर्ष खर्चिएको छ ।
यस वर्ष नेपाल अमेरिका आगामी अगस्ट १९ ,२०१८ आइतबार हुनेछ । नेपाल ११ इन्टरटेन्टमेन्टको नयाँ व्यवस्थापन अन्तर्गत ड्यालस टेक्ससमा आयोजित गरिने भएको छ ।
नेपाली मूलका १८ देखि २५ वर्ष उमेरका महिलाले यो प्रतियोगितामा सहभागिता लिन पाउनेछन् ।
विजेतालाई अध्ययनको लागि ५ हजार डलरको आकर्षक छात्रवृत्ति प्रदान गरिनेछ । प्रतियोगिताको अन्तिम चरणमा विशेषज्ञहरूको साथमा बिस्तृत प्रशिक्षण प्राप्त गर्नेछन् ।
आयोजकले अमेरिकामा संचालनमा रहेका सबै संचार माध्यमलाई यसको प्रचार प्रसार गर्न आग्रह गरेका छन् । नेपाली अमेरिकी युवा प्रतिभा, सुन्दरता, संस्कृति, ज्ञान र शक्तिलाई समाजको नेतृत्व गर्न र उल्लेखनीय प्रभाव छोड्नको लागि प्रदर्शन गर्नका लागि अनुरोध समेत गरेका छन् ।















प्रतिक्रिया