काठमाडौँ, २८ बैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर १०७.४० रुपैयाँ र बिक्रिदर १०८ रुपैयाँ तोकेको छ ।
त्यस्तै एक युरोको खरिददर १२७.६४ रुपैयाँ र बिक्रिदर १२८.३५ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४५.१६ र बिक्रिदर १४५.९७ रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ८०.४४ रुपैयाँ र बिक्रिदर ८०.८९ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८४.०६ रुपैयाँ र बिक्रिदर ८४.५० रुपैयाँ रहेको छ ।
त्यसैगरी कुवेती एक दिनारको खरिददर ३५५.९८ रुपैयाँ र बिक्रिदर ३५७.९७ रुपैयाँ, एक कतारी रियालको खरिददर २९.५० रुपैयाँ र बिक्रिदर २९.६६ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.१९ रुपैयाँ र बिक्रिदर २७.३४ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर १०.०४ र विक्रिदर १०.१० तथा १० जापानी येन को खरिददर ९.९७ र बिक्रिदर ९.८५ रहेको छ ।
















प्रतिक्रिया