काठमाडौं । अभिनेत्री रेखा थापाको फिल्म निर्माण कम्पनी रेखा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘मालिका’को छायांकन सुरु भएको छ । पशुपतिमा पूजाआजा गर्दै फिल्मको सुटिङ सुरु भएको हो ।
बालुवाटारबाट छायांकन सुरु गरिएको फिल्मलाई रेखा आफैँले निर्देशन गर्दैछिन् । छायांकनको पहिलो दिन रेखा र नरबहादुर कार्कीले बालुवाटारमा सिन दिएका छन् । करिब १० दिनको काठमाडौं सुटिङपछि निर्मण युनिटबाहिर जानेछ ।
फिल्मको कोहलपुर जाजरकोटमा समेत छायांकन हुनेछ । ‘मालिका’मा रेखा र नरबहादुरसँगै जाजरकोटकी १४ वर्षीय किशोरी कमला ओलीको मुख्य भूमिका रहनेछ ।
रेखाको आफ्नै कथा रहेको फिल्म व्यक्तिको सोच परिवर्तनको विषयमा आधारित रहनेछ । ‘मालिका’लाई लक्ष्मी पूजा कात्तिक २१ देखि प्रदर्शनमा ल्याउने रेखाको लक्ष्य छ ।
फिल्ममा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत छ । ‘हिम्मतवाली’पछि रेखा मालिकामार्फत निर्देशनमा फर्किएकी हुन् ।















प्रतिक्रिया