३० आश्विन २०८३, शुक्रबार

इयूको व्यापार धारणासँग चीनको तीब्र असन्तुष्टि

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ, २८ वैशाख । यूरोपेली संघ (इयू)ले चिनियाँ उत्पादनको अनुसन्धानमा चीनमाथि देखाएको पक्षपातपूर्ण व्यवहारका रूपमा लिएको भन्दै चीनको वाणिज्य मन्त्रालयले इयूसँग बिहीबार तीब्र असन्तुष्टि प्रकट गरेको छ ।

चीनमा उत्पादित टायरको मूल्यमा संरक्षणवादी कर धारणाको प्रयोग गरी अनुसन्धान अघि बढाएर इयूले चीनमाथि पक्षपातपूर्ण व्यवहार देखाएको दावी चिनियाँ बाणिज्य मन्त्रालयका प्रवक्ता गेओ फेङले बताए ।

‘चीनले आफ्ना व्यापारिक गतिविधिउपर निष्पक्ष व्यवहार देखाउन आग्रह गर्दछ’, गेओले भनेका छन् ।

चीनको यो भनाई यूरोपेली आयोगले चीनमा उत्पादन भई यूरोपमा निर्यात हुने सामानमाथि यही मे ८ गतेदेखि लागू भई आगामी छ महिनाका लागि कायम रहने गरी चिनियाँ टायरमा लगाइएको कर संरक्षणवादी धारणाबाट आएको भन्दै यसबारे असन्तुष्टि जनाइएको हो ।

गेओले भने, ‘मन्त्रालयले इयूको कदमले चीनको व्यापारलाई प्रभावित मात्र तुल्याउने नभई इयूको टायर उद्योगको दीर्घकालीन विकासका साथै यूरोपेली उपभोक्ताको चाहानालाई अवमुल्यनसमेत गर्नेछ ।’

चीनले उक्त मुद्दाबारेमा हुने प्रगतिबारे सुक्ष्म तथा निकटरूपमा पछ्याउने छ र चिनियाँ उद्योगीहरूको वैध चासोको पक्षमा वकालत गर्ने उनले बताए । – सिन्ह्वा