१ कार्तिक २०८३, आइतबार

एमाओवादीलाई जनताको खवरदारी आवश्यकः गैरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

thakur-gaireगैडाकोट १५ पुस । नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले एमाओवादीका कारण माघ ८ गतेभित्रै संविधान निर्माण हुनेमा आशंका रहेको बताउनु भएको छ ।

अनेरास्ववियु नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कमिटिको आठौँ राष्ट्रिय सम्मेलनलाई नवलपरासीको गैडाकोटमा सम्बोधन गर्दै उहाँले तोकिएकै मितिमा संविधान गर्न जनताले खवरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

‘एमाओवादीका कारण संविधान निर्माणको प्रकृयामा अवरोध भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘जनतासामु गरिएका बाचालाई पुरागर्नका लागि माघ ८ गतेभित्रै संविधान निर्माण गर्नुको अर्को विकल्प छैन ।’

उहाँले सहमतीय प्रकृयाबाट कुरा नमिले बहुमतकै आधारमा भएपनि संविधान जारी गर्न ढिलाई गर्न नहुनेमा जोड दिनुभयो । सहमतीको नाममा एमाओवादीले  मुलुकलाई अनिर्णयको बन्दी बनाउँन खोजेको उहाँको आरोप थियो ।

‘यदि एमाओवादी देशलाई अनिर्णयको बन्दी बनाउन खोज्छ भने जनताले खवरदारी गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘एमाओवादीकै कारण पहिलो संविधानसभाबाट संविधान निर्माण हुन सेकन, दोस्रो संविधानसभालाई पनि त्यसैगरी तुहाउने चलखेल विभिन्न कोणबाट भइरहेको छ ।’

उहाँले रथयात्राको नाममा  जनताको आस्थालाई विचलन गराउने र  एक मधेश एक प्रदेशका नाममा मुलुकलाई टुक्राउने षडयन्त्रको पनि विरोध गर्नुभयो ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष दीपक गौतम, नेपाल संस्कृत विश्वविद्यालयका रजिष्टार जगतप्रसाद उपाध्याय, नेपाल संस्कृत विश्वविद्यालय अन्तराष्ट्रिय सम्वन्ध महाशाखा प्रमुख कृष्ण पौडेल, अनेरास्ववियुका केन्द्रीय सचिव महेश बर्तौला, प्रवक्ता आरसी लामिछाने, अनेरास्ववियु नेपाल संस्कृत विश्वविद्यालयका ईन्चार्ज कमल शाहीलगायतले बोलेका थिए ।