४ कार्तिक २०८३, बुधबार

कुश्मामा लम्फु प्रदर्शन, सिनेमा हल खचाखच भरियो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पर्वत । भोलीदेखि रिलिजको तयारीमा रहेको चलचित्र लम्फुको बिहीबार नै कुश्मामा च्यारिटी शो गरिएको छ । पर्वत मिलन क्बल नामक संस्थाले लम्फूको पहिलो च्यारिटी शो प्रदर्शन गरेको हो ।

चलचित्रका निर्देशक लामिछाने संस्थापक अध्यक्ष रहेको उक्त क्लबले चलचित्रको च्यारिटी गरेको हो । पर्वतको कुश्मामा अधिकांश भागमा छायांकन गरिएको चलचित्र सामाजिक विषयवस्तुमा आधारित छ ।

शहर उन्मुख बजार वरपरको कथावस्तुबाट शुरुवात गरिएको चलचित्र अन्ततः आधुनिक समाजको कथाबाट समापन हुन्छ । चलचित्रमा एउटा निम्न बर्गिय परिवारबाट हुर्केको युवाले जीवनमा भोग्नु परेका थुप्रै खालका चुनौति र समस्याहरुलाई चित्रण गर्न खोजिएको छ ।

सामाजिक जीवनमा आधारित कथा वस्तुमा सलोन बस्नेत, मरिष्का पोख्रेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई र कुसुम श्रेष्ठको मुख्य भूमिका छ । चलचित्र हेरेपछि दर्शकले यथार्थपरक सामाजिक जीवनका घटनाहरु चलचित्रमा समावेश गरिएको प्रतिक्रिया दिए । हाँसो र रोदन दुवै पक्षहरु चलचित्रमा समेटिएको छ ।

चलचित्र हेर्न दशर्कहरु हलमा खचाखच थिए । रिलिजपछि चलचित्र हर्नेको थप भीड लाग्ने हल सञ्चालक बताउँछन । समकालिन नेपाली चलचित्र भन्दा फरक धारमा चलचित्र निर्माण गरिएको छ । चलचित्रले मनोरञ्जनका साथ सन्देश पनि दिन खोजेको छ ।

बेरोजगारका कारण नेपाली युवाहरुले भोगिरहेको समस्या चलचित्रमा स्पष्ट रुपमा देखाउन खोजिएको छ । ग्रामीण परिवेशबाट शहर छिरेको युवाको जीवनमा कस्तासम्म घटनाहरु घट्न सक्छन भन्ने कुराको समेत चलचित्रमा चित्रण गरिएको छ ।

भूपतिको लेखन रहेको चलचित्रमा दीपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन छ । निर्मात्री पूनम गौतमले यो चलचित्रमा कस्ट्यूम डिजाइन गरेकी छिन् । पपलुर मिडियाको प्रस्तुतीमा तयार भएको चलचित्रको निर्माता शक्ति बल्दभ घोरासैनी हुन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहेको छ ।