२८ आश्विन २०८३, बुधबार

नेमकिपामा फेरि पनि बिजुक्छे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २५ चैत । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) स्थापनाकालदेखि नेतृत्वमा रहँदै आएका नारायणमान बिजुक्छे फेरि अध्यक्षमा चयन भएका छन्।

नेमकिपाको सोमबार सम्पन्न छैटौं महाधिवेशनले बिजुक्छेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। बिजुक्छे २०३१ सालदेखि नेमकिपाको अध्यक्षमा रहँदै आएका छन्।

महाधिवेशन आइतबार सकिनुपर्नेमा सत्तामा जाने वा नजानेबारे भएको बहसले एक दिन लम्बिएको हो। पार्टी सरकारमा नजाँदा झन् झन् खुम्चिएको सम्बन्धमा समेत महाधिवेशनमा चर्को बहस भएको थियो।

प्रतिनिधि र पर्यवेक्षकले पार्टीले तत्कालीन कार्यक्रमका रूपमा अघि सारेको ‘जनताको प्रजातन्त्र’ सत्तामा जाने सिँढी हो कि भनी प्रश्न गरेका थिए। उक्त विषयले महाधिवेशन थप एक दिन लम्बिएको नेमकिपा भक्त पुरका अध्यक्ष रमेश थापाले बताए।
narayanman
‘पार्टीले तत्कालीन रणनीतिका रूपमा प्रस्तुत गरेको ‘जनताको प्रजातन्त्र’ सरकारमा जाने सिँढी हो कि भनी धेरैले प्रश्न गरेका थिए’, उनले भने, ‘यस विषयमा प्रतिनिधि पर्यवेक्षकलाई प्रस्ट पार्नुपर्ने भएकोले महाधिवेशन एक दिन लम्बिन पुग्यो।’

अध्यक्ष बिजुक्छेले मजदुर र किसानको शासनसत्ता नै जनताको प्रजातन्त्र भएको प्रस्टीकरण दिएका थिए।

पार्टीले सोमबार पत्रकार सम्मेलन गरी महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, पारित कार्यक्रम र प्रस्तावबारे जानकारी गराएको छ। बिजुक्छेले जनताको प्रजातन्त्र समाजवादी क्रान्तिसम्म पुग्ने पहिलो खुड्किलो भएको बताए।

नेतृत्वमा नयाँ पुस्तालाई कहिले हस्तान्तरण गर्ने भन्ने प्रश्नमा उनले छैटौं महाधिवेशनले नयाँ पुस्तमा विचार हस्तान्तरण गरेको र उक्त विचार परिपक्व भएपछि नयाँ पुस्तामा स्वतस् नेतृत्वमा हस्तान्तरण हुने बताए।

महाधिवेशनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गरेको छ। जसमा अध्यक्षसहित २३ केन्द्रीय सदस्य र दुई वैकल्पिक केन्द्रीय सदस्य छन् । अन्नपूर्ण दैनिकबाट