१ कार्तिक २०८३, आइतबार

सानिमा इन्स्योरेन्सको नयाँ शाखा ललितपुरमा

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ बैशाख । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको नयाँ शाखा ललितपुरमा स्थापना भएको छ । ललितपुरको लगनखेलमा रहेको शाखा कार्यालयको बुधबार विधिवत उद्घाटन भएको हो ।

उद्घाटन कार्यक्रममा कम्पनीका संचालक घनश्याम थापा, संचालक बद्रीबिशाल घिमिरे, सदभावनादुत कलाकार जीतु नेपाल, स्वस्तिमा खड्का, कम्पनीका नायव महाप्रबन्धक केशव राज के.सी, मुख्यप्रबन्धक गणेश चौलागाइ, प्रमुख वित्त अधिकृत आर्यक रन्जन बराल, वरिष्ठ प्रबन्धक गुण राज श्रेष्ठ, प्रबन्धक उषा खतिवडा लगायतको उपस्थिति थियो ।

आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गरि प्रचार प्रसार को माध्यमबाट सर्वसाधारणमा बीमा चेतना जगाई जीवन बीमाको दायरामा ल्याएर अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले ललितपुरमा पनि शाखा विस्ता गरिएको हो ।

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको हो । सानिमा बैङ्क तथा राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरुद्धारा सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको प्रवर्द्धन गरिएको छ ।

कम्पनीको अधिकृत पूजीँ ३ अर्ब, जारी पूँजी २ अर्ब र चुक्तापूँजी १ अर्ब ४० करोड रहेको छ । जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ निकट भविष्यमा सर्वसाधारणमा शेयर बिक्री गरी चुक्तापूँजी २ अर्ब रुपैयाँ कायम गर्ने लक्ष्य लिइएको छ ।