४ कार्तिक २०८३, बुधबार

विवाहका लागि केटा पाइनः गायिका आस्था राउत

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका आस्था राउतले खोजे जस्तो केटा नपाएका कारण विवाह नगरेको बताएकी छिन् । एउटा टेलिभिजन कार्यक्रममामा अन्तर्वार्ताका क्रममा राउतले सज्जन विज्नेशम्यान युवकलाई आफूलाई मन पर्ने बताएकी छिन् ।

‘मन मिल्यो भने जो केटासँग पनि विवाह गर्छु’, उनले भनिन्, ‘विभिन्न माध्यमबाट विवाहको प्रस्ताव आइरहेको छ ।’ संगीत बुझेको व्यक्तिलाई श्रीमान् बनाउने योजना रहेको उनले बताइन् ।

विवाहका लागि घरपरिवारमा ठूलो दवाव नरहको गायिका राउतले बताइन् । उनले भनिन्, ‘मेरो बाबा हरि राउतले विवाहका लागि दवाव दिनुभएको छनै । मन मिल्ने केटा आफै खोज भन्नुभएको छ ।’

नेपाली गीतसंगीतमा बिकृति भित्रिएको बताएकी गायिका राउतले भनिन्, ‘जथाभावी र नेपाली संस्कृतिलाई असर पर्ने खालका गीत संगीत आएका छन् । अब सरकारले नियम बनाएर सेन्सरसीप लागू गर्नुपर्छ ।’