१ कार्तिक २०८३, आइतबार

नेपाली बजारमा नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक, कति छ मूल्य ?

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ वैशाख । टाटा मोटर्सले पछिल्लो गाडी टियागो मोडलको अपार सफलतापछि आफ्नो पुराना तथा नयाँ संभावित ग्राहकहरुको लागि नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक गरेको छ ।

फुल अप्सन मोडलको रु २६.९५ लाखमा पाइने यो गाडी एकदमै नयाँ, स्पोर्टी र विश्वसनीय रहेको कम्पनीको दाबी छ । गाडी १.२ लि. को रिभोटोर्न ईन्जिन सहित ८५ पि.एस. पावर भएको छ । प्रति लि.२३.८४कि.मि. माइलेज दिने कम्पनीको दाबी छ ।

अरु थप विशेषताहरूमा दुईवटा एस.आर.एस. एअर ब्याग्स, अटोमेटिक ब्रेकिङ्ग सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर, मल्टी ड्राईभ मोड पनि छ । यसमा आठ वटा स्पिकरसहित हर्मनको ईन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लि. को बुट स्पेस उपलब्ध छ । यी बाहेक अन्य थप विशेषताहरू पनि यसमा रहेको छ ।

सिप्रदीका प्रतिनिधिका अनुसार, ‘हामी ग्राहकहरूलाई आफुले लगानी गरेको मूल्यमा राम्रो मोबिलिटी दिन चाहन्छौं । टाटा टियागोको सफलता मनाउँदै हामीले वर्तमान तथा संभावित ग्राहकहरूलाई नयाँ मोडलमा केही विशेष दिन खोजेका छौं । टियागो डुअल टोन स्टाईलिस र फ्रेस हुनुका साथै आकर्षक मूल्यमा उपलब्ध छ । नयाँ थप आकर्षक विशेषताहरू सहित आएको टियागो डुअल टोन टाटा ब्राण्डका गाडी थप आकर्षक, सामाजिक प्रतिष्ठा र प्रगतिको थप पहल हो भन्ने हामीलाई लागेको छ ।’