३० आश्विन २०८३, शुक्रबार

थुना रहेकी दक्षिणी कोरियाली राष्ट्रपति अस्पताल भर्ना

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोल, २७ वैशाख । दक्षिण कोरियामा थुनामा रहेकी पूर्व राष्ट्रपति उपचारको क्रममा अस्पताल भर्ना भएकी छिन् ।

सोलस्थित एक अस्पतालमा पूर्व राष्ट्रपति पार्क गेउन हाई भर्ना भएको अस्पतालका प्रवक्ताले बुधबार जानकारी दिए ।

पूर्वराष्ट्रपति पार्कलाई भष्ट्राचारको मुद्दामा गत महिना २४ वर्षको जेल सजाय सुनाइएको थियो ।

कारागारका अधिकारीहरूको साथमा पार्क नागरिक अस्पताल सेट म्यारी पुगेकी हुन् । प्रवक्ताले विस्तृत विवरण दिन अस्वीकार गरेका छन् ।

तर योन्हाप समाचार समितिले भने पार्क उनको पुरानो शारीरिक समस्या ढाड दुखाईको कारण अस्पताल भर्ना भएको जनाएको छ ।

उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । पार्कले संवेदनशील थुप्रै कागजपत्र चुहाएर कानूनको उल्लंघन गरेको र राज्यको स्रोत तथा शक्तिको दुरूपयोग गरेको अदालतले ठहर गरेको छ ।

आफ्ना निकट साथी चाई सून सिलसँग भ्रष्टाचार काण्डमा मुछिएपछि पार्कविरुद्ध संसदले महाअभियोग लगाएको थियो । आफूलाई लगाइएको आरोपको पार्क र चाई दुवैले अस्वीकार गर्दै आएकी छिन् । – एएफपी