१ कार्तिक २०८३, आइतबार

विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतना कक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, १५ पुस । प्रहरीले अछामको सदरमुकाम मङ्गलसैनमा रहेको मिराकल एजुकेस्नल एकेडेमीका विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतना कक्षा सञ्चालन गरेको छ ।

जिल्लामा सवारीसाधनको प्रयोग बढ्दै गएको र विद्यार्थीले सड्क काट्दा खतरा रहने भएकाले विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतना कक्षामार्फत सचेतना जगाउने कार्य गरिएको अछाम प्रहरीले जनाएको छ ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट मङ्गलसैन र सामुदायिक सेवा केन्द्र मङ्गलसैनको आयोजनामा सञ्चालन गरिएको सचेतना कक्षामा प्रहरी जवानहरु केशव बोहोरा तथा भीमबहादुर बोहोराले विद्यार्थीलाई बाटो काट्ने तरिका, हिँड्ने तरिका, गाडीको बत्तीबारे जानकारी तथा गाडीमा झुन्डिएर यात्रा गर्न नहुने बारेमा जानकारी गराउनुभएको थियो ।