१ कार्तिक २०८३, आइतबार

गणेशनगरमा सार्वजनिक शौचालय निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १५ पुस । लायन्स क्लब अफ बुटवल मणिमुकुन्दले रुपन्देहीको मक्रहर गणेशनगरमा सार्वजनिक शौचालय निर्माण गरेको छ ।

एक लाखको लागतमा निर्माण गरिएको शौचालय सोमबार एक कार्यक्रमबीच समुदायलाई हस्तान्तरण गरिएको हो ।

सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिएको र आगामी दिनमा पनि यस्ता खालका सामाजिक कार्यलाई निरन्तरता दिने क्लबका प्रथम उपाध्यक्ष अभिषेक भारीले बताउनुभयो ।

क्लबका निवर्तमान गभर्नर महेन्द्रनारायण श्रेष्ठले क्लबले शौचालय निर्माण गरेर जनस्वास्थ्य क्षेत्रमा समेत प्रशंसनीय कार्य गरेको भन्दै सामाजिक कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

त्यसैगरी सोमबार नै क्लबले स्थानीय गणेश प्राविमा अध्ययनरत २५० विद्यार्थीलाई साबुन, ब्रस र पेस्ट वितरण गरेको छ । स्वास्थ्य जनचेतना जगाउने उद्देश्यले विद्यार्थीलाई ती सामग्री प्रदान गरिएको क्लबले जनाएको छ ।