
काठमाडौँ, २५ बैशाख । सानिमा लाइफ इन्स्योरेन्स र माछापुछ्रे बैंकबीच बैक्यास्योरेन्स सम्झौता भएको छ । कम्पनीका नायव महाप्रवन्धक केशबराज के.सी तथा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले मंगलबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार ग्राहकहरmले माछापुच्छ्रे बैंकका सम्पूर्ण माछापुछ्रे र सानिमाबीच बैंक्यास्योरेन्स सम्झौताट सानिमा लाइफ इन्स्योरेन्सको उतकृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्नेछन् । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको हो । सानिमा बैंक तथा राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरुको समूहद्धारा सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्रवद्र्धन गरिएको छ ।
उक्त समूहबाट जलविद्युत, वित्तिय क्षेत्र तथा पर्यटन क्षेत्रमा लगानी रहेको छ । सानिमा बैंकको अत्याधिक लगानी रहेको कम्पनीले नेपालीहरmको जीवन वीमा गराई सामाजिक सुरक्षा प्रदान गर्दै, जनतामा बचत गर्ने बानीको विकास गर्नुको साथै उद्योग, व्यवसाय रोजगारीको लागि विभिन्न मुलुकमा रहेका भएका उद्यमी, पेशाकर्मी तथा वैदेशिक रोजगारमा लागेका व्यक्तिहरmलाई समेत जीवन वीमाको दायरामा ल्याइ बचत र आर्थिक सुरक्षा प्रदान गर्ने लक्ष्य लिएको छ ।
कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूजीँ २ अर्ब र चुक्ता पूजीँ १ अर्ब ४० करोड रहेको छ । जारी पूँजीको ३० प्रतिशत अर्थात रु ६० करोड निकट भविष्यमा सर्वसाधारणमा शेयर बिक्री गरी चुक्तापुँजी रु.२ अर्ब कायम गर्ने कम्पनीको तयारी छ ।















प्रतिक्रिया