१ कार्तिक २०८३, आइतबार

अज्ञात समुहको विद्यालयमा आगजनी, कम्प्यूटर, प्रिन्टर र फोटोकपी मिसिन खोलामा भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नरी बडु
बैतडी, १४ पुस । बैतडीको तल्लो सोराड क्षेत्रमा पर्ने माहाकाली गाविसमा आइतबार अज्ञात समुहले तोडफोड र आगजनी गरेका छन् ।

माहाकाली गाविसको वडा नं. ३ मा पर्ने देथला माविमा अज्ञात समुहले विद्यालयको कार्यलय तोडफोड गर्नुका साथै आगजनी समेत गरेका हुन् ।

समुहले विद्यालयको कार्यालय कोठा तोडफोड गरी दराज भित्र रहेका कागजातहरुमा आगो लगाएको देथला माविका प्रधानाध्यापक शुत्रबहादुर चन्दले बताउनुभयो ।

चन्दका अनुसार अज्ञात समुहले गरेको आगजनीबाट कुर्सी टेवलहरु जल्नुका साथै कक्षा १० को रजिष्ट्रेसन फरम पनि जलेर नष्ट भएका छन् ।
त्यस्तै गिरोहले अपिसमा रहेका १ थान कम्प्यूटर, १ थान प्रिन्टर, १ थान फोटोकपि मेसिन र १ थान फोन सेटपनि लगेर विद्यालय नजिकैको खोलामा फालेर गएको उहाँले बताउनुभयो ।

सोमबार मात्र आगलागीको खबर पाएपछि प्रधानाध्यापक चन्दले माहाकाली प्रहरी चौकिमा खबर गर्नुभएको थियो । तर, प्रहरी टोली घटनास्थलमा ढिलो पुगेकाले कति क्षतिभयो भन्ने बारेमा भने एकिन जानकारी आउन सकेको छैन् ।