५ कार्तिक २०८३, बिहिबार

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा बनेपामा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ बैशाख । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेले शाखाको उद्घाटन गरे ।

उनले कम्पनीले हालसम्म गरेका उपलबधी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवामुखी बनाउने कुरामा जोड दिए । उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले बीमा बजारको सम्भाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराएका थिए ।

सो शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले लिएको छ । साथै कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समेटिएकोे सिटिजन जीवन सारथी बीमा योजना बजारमा ल्याएको थियो । कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकलाई जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।