१ कार्तिक २०८३, आइतबार

एमाले झापाको नेतृत्वका लागि कार्की र पाठकबीच रस्साकस्सी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Logo-originalलक्ष्मी काफ्ले

झापा, १४ पुस । नेकपा एमाले झापाको प्रतिनिधि परिषद बैठक बस्नु अघि नै झापा एमालेको नेतृत्व कसले गर्ने भन्नेमा दुई नेताबीच रस्साकस्सी शुरु भएको छ ।

मंगलबार बस्ने बैठकले जिल्ला कमिटीको रिक्त रहेको स्थानमा अध्यक्ष चयन गर्ने पक्कापक्की भएपछि कार्यवाहक अध्यक्ष दिपक कार्की र सचिव चिन्तन पाठकबीच रस्साकस्सी शुरु भएको हो ।

एमाले झापाका अध्यक्ष रविन कोईराला वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएपछि रिक्त रहेको सो पद अहिले कार्यवाहक अध्यक्षको रुपमा उपाध्यक्ष  कार्कीले सम्हाली रहनु भएको छ ।

स्रोतका अनुसार सचिव पाठकले दिपक कार्की सभासद् भएका कारण काम गर्न नभ्याउने भन्दै आफूले अध्यक्ष पाउनुपर्ने दावी गर्नुभएको छ ।

उता कार्यवाहक अध्यक्ष कार्की भने विधानतः सभासद हुँदैमा पार्टीको नेतृत्व गर्न नपाउने भन्ने व्यवस्था नरहेको र आफू सभासद भएपनि पार्टीको काममा लागिरहेको हुँदा आफूले अध्यक्ष पाउनुपर्ने जिकिर गर्नुभएको छ ।

कार्कीले अधिकांश परिषद सदस्य आफ्नो पक्षमा रहेको दाबी गर्नुभएको छ । एमाले जिल्ला प्रचार विभागको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा दुबै जनाले आ–आफ्नो दाबी बलियो रुपमा प्रस्तुत गरेका थिए ।