नयाँ दिल्ली । बलिउड नायिका सोनम कपुरको थरमा अब कपुरसँगै ‘अहुजा’ पनि थपिएको छ । उनकी बहिनी रियाले गरेको पोष्टले उनको विवाह समापन भएको पुष्टि गरेको छ । सोमन व्यापारी आनन्द अहुजासँग विवाह बन्धनमा बाँधिएकी हुन् ।
सोनमले सिख परम्परा अनुसार विवाह गरेकी हुन् । सोनमले विवाहमा अनुराधा वकिलले डिजाइन गरेको लेहेङ्गा लगाएकी थिइन् ।
उनको विवाहमा बलिउडका थुप्रै सेलेब्रिटीहरुको उपस्थिति रहेको थियो । अभिताव बच्चन, आमिर खान, रानी मुखर्जी, सेफ अली खान, करिना कपुर, करिश्मा कपुर तथा ज्याकलिन फर्नाण्डेजलगायतका बलिउडका हस्तीहरु उनको विवाहमा सहभागी थिए ।



















प्रतिक्रिया