काठमाडौँ, १४ पुस । मुम्बईबाट काठमाडौँ आउँदै गरेको जेट एयरको जहाजमा चरा ठोक्किएपछि आपतकालीन अवतरण गरिएको छ ।
ललितपुरको इमाडोलको दक्षिण भेगमाथि रहँदा जहाजको इन्जिनमा चरा ठोक्किएको थियो । विमानको बायाँ इन्जिनमा चरा ठोक्किए लगत्तै इन्जिनबाट धुवाँको मुस्लो देखिएको थियो ।
इन्जिनको पछाडिको भागमा धुवाँसँगै आगो देखिएपछि चालकले आपतकालीन अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठका अनुसार जहाजमा सवार चालक दलका सात सदस्य र १२५ जना यात्रु सकुशल रहेका छन् । उक्त जहाजको अहिले विमान प्रविधिज्ञहरूले मर्मत गरिरहेका छन् ।
महाप्रबन्धक श्रेष्ठले जहाज अवतरण गर्ने क्रममा विमानस्थलदेखि डेढ मिनेटको दूरीमा इमाडोलको दक्षिण भेगमाथि जहाजको इन्जिनमा चरा पसेर समस्या आएको जानकारी दिनुभयो ।
















प्रतिक्रिया