काठमाडौं । नेपाल चलचित्र निर्माता संघका महासचिव रोज राणा बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।
महासचिव राणा सोमबार साँझ अस्पताल भर्ना भएका हुन् । पेटको दुखईभएपछि अस्पताल भर्ना गरिएको आफन्तले जनाएका छन् ।
उपचारका क्रममा राणालाई एपेण्डिक्सको समस्या देखिएको थियो । त्यसपछि चिकित्सकहरूले सफलताका साथ शल्यक्रिया गरेको जनाइएको छ ।
‘जय परशुराम’सहितका दुर्जन बढी फिल्म निर्माण गरेका राणाले निर्माताहरूको पक्षमा आन्दोलन चलाउँदै आएका छन् ।
राणा नेपाली कांग्रेस प्यूठानका नेता समेत हुन् ।















प्रतिक्रिया