काठमाडौँ, २४ बैशाख । सनराइज बैंक लिमिटेडले बचतकर्ताको लागि ‘स्वास्थ्य बीमा सुविधा’ अन्तर्गतको रकम प्रदान गरेको छ । बैंकका लगनखेल शाखाका ग्राहक चिनीकाजी महर्जनको शल्यक्रिया गर्दाको क्रममा लागेको उपचार खर्च १८ हजार ९०५ रुपैयाँ बराबरको रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले प्रदान गरेकी हुन् ।
ग्राहकले बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औषत मौज्दातको २५५ वा बिल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाउने बैंकले जनाएको छ ।
बैंकले सो स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘सामूहिक दुर्घटना बीमा सुविधा’ समेत प्रदान गर्दै आइरहेको बताएको छ । उक्त सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सक्ने बैंकले बताएको छ ।















प्रतिक्रिया