१ कार्तिक २०८३, आइतबार

सहमति छाडेर आन्दोलनमा जाने एमाओवादी निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parchandaकाठमाडौँ, १४ पुस । प्रमुख प्रतिपक्षी दल एमाओवादीले संविधान निर्माण प्रक्रियामा नेपाली काँग्रेस र नेकपा एमाले सहमतिको बाधक भएको निष्कर्षसहति आन्दोलनको तयारी गर्ने निर्णयमा पुगेको छ ।

सोमबार बसेको एमाओवादीको केन्द्रीय समिति बैठकले यस्तो निष्कर्ष निकालेको हो ।  बैठकले दलहरुबीच तत्काल सहमतिको संभावना क्षीण भएको निश्कर्षसहित आन्दोलनको तयारीमा जाने निर्णय गरेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

एमाओवादीले शासकीय स्वरुप, समावेशी समानुपातिक निर्वाचन प्रणाली र पहिचानसहितको संघीयतालाई छोड्न नसकिने समेत निर्णय गरेको छ ।
एमाओवादीको जारी बैठक आगामी माघ १५ गतेसम्मका लागि स्थगित गरिएको छ ।