
काठमाडौँ, २४ बैशाख । एनसीसी बैंकले आफ्नो नयाँ शाखा काठमाडौँको नयाँबजारमा स्थापना गरेको छ । नेपाल राष्ट्र बैंक, संचालक समितिका सदस्य रामजी रेग्मीले काठमाण्डौं महानगरपालिका, वडा नं. १६, कालधारा चोक, लिंकरोडस्थित नयाँबजार शाखाको सोमबार उद्घाटन गरे ।
शाखाको द्घाटन गर्दै रेग्मीले एनसीसी बैंकले शाखा खोलेर यस क्षेत्रको उद्योगी, व्यवसायी एवं बचतकर्ताहरुलाई समेत आधुनिक बैंकिङ सेवा प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको बताए । साथै बैंकको समग्र अवस्था बारे जानकारी गराउँदै नेपाल राष्ट्र बैंकको नीति निर्देशन पालना गरि अगाडि बढ्न सुझाव दिए ।
उक्त अवसरमा वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालले यस क्षेत्रमा अन्य बैंकहरु पनि रहेकोले उक्त बैंकहरुसँग प्रतिष्पर्धी रुपमा एनसीसी बैंकले उच्चस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गर । साथै वडासँग समन्वय गर्दै समग्र वडावासीको मन जित्नेगरि कार्य गर्न आफूले सहयोग गर्ने बताउदै शुभकामना दिए ।
एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले अन्य स्थानमा जस्तै यस क्षेत्रमा पनि बैंकले गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा आश्वस्त हुन सबैलाई अनुरोध गरे ।
एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले कार्यक्रमको अध्यक्षता गर्दै बैंकले मर्जर पश्चातका विभिन्न कुरा व्यवस्थापन गरी शाखा विस्तारमा लागेको र यस शाखाबाट पनि आधुनिक बैंकिङ सेवा प्रदान गर्न व्यवस्थापन सक्षम रहेकोले विश्वास दिलाए ।















प्रतिक्रिया