काठमाडौं । एक कार्यक्रममा सहभागी हुन बलिउड अभिनेत्री करिष्मा कपुर नेपाल आउन लागेकी छिन् ।
गहना शोरुमको उद्घाटन गर्न करिष्मा नेपाल आउन लागेकी हुन् । मेरिगोल्ड सयपत्री ज्वेलर्सको दरबारमार्गमा खोलिएको नयाँ शोरुमको करिष्माले उद्घाटन गर्नेछिन् ।
करिष्माले सोमबार मध्यान्ह साढे १२ बजे रिबन काटेर नयाँ शोरुमको उद्घाटन गर्ने बताइएको छ । करिष्माको नेपाल बसाई कति लामो हुने हो त्यसबारे जानकारी आइसकेको छैन ।















प्रतिक्रिया