काठमाडौँ, १४ पुस । संविधानका विवादित बस्तुमा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस, नेपका एमाले, एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन बनेको छ ।
ओलीको कार्यव्यस्थताका कारण बैठक कुनै पनि निर्णय नै नगरी टुंगिएको हो । बैठक बुधबार बस्ने गरी टुंगिएको नेताहरुले बताएका छन् ।
संविधानका विवादित विषयमा सहमति खोज्ने भन्दै चार दलले कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले कुनै पनि सहमति जुटाउन नसकेपछि फेरि शीर्ष नेताहरु नै सहमतिको प्रयासमा जुटेका हुन् ।















प्रतिक्रिया