
काठमाडौँ, २३ बैशाख । नेपाल राष्ट्र बैंकको ६३ औैं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकद्वारा आयोजना गरिएको गभर्नर्स कप अन्तर बैंक फुटसल प्रतियोगिता २०७५ मा एनआईसी एशिया बैंक लिमिटेडले प्रथम स्थान हासिल गरेको छ ।
यस प्रतियोगितामा १६ फुटसल टिमको सहभागिता रहेको थियो । जस मध्ये एनआईसी एशिया बैंकले उत्कृष्ट प्रर्दशन गर्दै प्रथम उपाधी आफ्नो पक्षमा पारेको हो । एनआईसी एशिया बैंकले विभिन्न खेलकुद प्रतियोगिताहरुमा आफ्नो सशक्त उपस्थिती देखाउदै आईरहेको छ ।
बैंकका १९९ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको वासलातको आकार रु १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १०९ अर्ब र कुल निक्षेप करिब रु. १३३ अर्ब पुगिसकेको छ ।
यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले नीजि लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।















प्रतिक्रिया