१ कार्तिक २०८३, आइतबार

राष्ट्र बैंकले यातायात व्यवसायीको खाता रोक्का गर्‍यो

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २३ बैशाख । नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ ।

गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो । राष्ट्र बैंकले आइतबार विभिन्न समितिको बैंक खाता रोक्का गरिएको छ ।

सरकारले अनुमति दिएको खण्डमा मात्रै रोक्का गरिएको बैंक खाता फुकुवा गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘सरकारले खाता फुकुवा गर्न निर्देशन दिएको खण्डमामात्रै खाता फुकुवा गर्न सकिन्छ’ राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने ।

सरकारले शुक्रबार नै सिन्डिकेट पक्षधर यातायात समितिको बैंक खाता रोक्ने निर्णय गरेको थियो ।