४ कार्तिक २०८३, बुधबार

याम क्षेत्रीको माया पराइको हृदयमा फुल्न जानेन (भिडियोसहित)

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । चर्चीत लोक गायक तथा सर्जक याम क्षेत्री नयाँ गीत लिएर आम दर्शक र श्रोतासाझ आएका छन् ।

हालै मात्र उनको पराईको हृदयमा फुल्न जानेन बोलको मार्मिक लोक दोहोरी गीत बजारमा भएको छ । समर्पण म्युजिक कम्पनीले बजारमा ल्याएको गीतमा साईबर मेनपावर महराको लगानी रहेको छ ।

स्वरमा क्षेत्रीलाई पूर्णकला बिसीले साथ दिएकी छन् । बसन्त थापाको लय रहेको गीतमा कर्ण चाँपागाई (पुर्नजीवित) र साईबर मेनपावर महराका शब्द छन । गीतको म्युजिक भिडियोमा शिवन, सन्ध्या र सन्तोषलाई फिचरिङ गरिएको छ ।

क्षेत्रीका सिरिसिरी हावा बहुन्जेल, फूल राम्रो गुलाबको काँडा भएनी, रुदारुदै गयो, शीतल दिने पिपल समी छ, कतै गयौ गीत गाउने गाइने दाइ, कति रुनु छ र, घामले नि पोल्दियो, कल्पनामै भए’नी देख्छु भनेको, यो चोखो माया मर्दैन, माली गाइको दही मीठो, पानी केले परेको बादलुले हो, लगायत दर्जनौँ गीत चर्चित छन् ।