४ कार्तिक २०८३, बुधबार

युट्युबमा माथि उक्लियो भुपुको ‘छाता’ गीत (भिडियोसहित)

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक भुपु पाण्डेले ‘छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा…’ बोलको नयाँ गीत ल्याएका छन् ।

युट्युबमा ‘छाता’ गीतको म्युजिक भिडियो धेरै हेरिएको गीतमा पर्न सफल भएको छ । नेपालमा युट्युबले यो गीतलाई आइतबार बिहान ९ बजेसम्म ३९औँ नम्बरमा राखेको छ । ‘छाता’ गीत माथि चढ्ने क्रममा छ ।

भुपुको ‘छाता’ बोलको गीत युट्युवमा राखेको दुईदिनभित्रै लोकप्रिय बन्न सफल भएको हो । गीतमा भुपुले नै संगीत दिएका छन् । शब्द भने राम अविरल विष्टका हुन् ।

म्युजिक भिडियोमा मानषी तामाङ, सुजन मार्फासहित अलाइड ट्वान्टी ग्रुपको नृत्य रहेको छ ।

यसअघि गायक भुपु पाण्डेका गीतले युवाहरूमा राम्रो छाप छाडेका छन् । यस पटक पनि ‘छाता’ले सुरुवाती राम्रो प्रतिक्रिया पाएको गायक पाण्डेले बताएका छन् ।

भुपुले गीत हेरेर राम्रो प्रतिक्रिया दिने र आलोचनात्मक सुझाव दिने दर्शक स्रोताहरूलाई फेसबुकमार्फत धन्यावाद पनि दिएका छन् ।