४ कार्तिक २०८३, बुधबार

पूर्व ‘डन’को नेतृत्वमा फिल्म मालिकहरूको आन्दोलन

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व ‘डन’ रोज राणाको नेतृत्वमा नेपाली फिल्मका निर्माताहरूले आन्दोलनको घोषणा गरेका छन् ।

फिल्म हल सञ्चालकहरूको संस्था चलचित्र संघले मुनाफाको पैसा वितरणमा भेदभाव गरेको भन्दै निर्माताहरूले आन्दोलन सुरु गरेका हुन् ।

नेपाल चलचित्र निर्माता संघ मातहतको संघर्ष समितिका संयोजक निर्माता एवम् पूर्व ‘डन’ राणा अध्यक्ष रहेका छन् । राणाकै अध्यक्षतामा बसेको बैठकले विभिन्न ३ बुँदे आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको हो ।

आन्दोलनको कार्यक्रम अर्न्तगत जेठ १ गते सम्पूर्ण चलचित्रकर्मी कालो पट्टी बाँधेर हलमा उपस्थिति हुने, जेठ २ गते चलचित्र विकास बोर्डमा कुनै पनि चलचित्र सेन्सर नगर्नका लागि दवाव दिँदै धर्ना बस्ने र जेठ ४ गतेबाट भने सम्पूर्ण चलचित्र भवनहरूमा कुनै पनि चलचित्र प्रदर्शन गर्न नदिने रहेका छन् ।

हल सञ्चालकहरूले आफूहरूको माग बेवास्ता गरेको कारण आन्दोलको घोषणा गरिएको संघर्ष समितिले जनाएको छ ।

निर्माताहरूले आफूलाई चलचित्रको व्यवसायको ६० र प्रदर्शकलाई ४० को शेयर बाँडफाँडको माग गर्दै आएका छन् । यो विषयमा प्रदर्शकहरूको संस्था चलचित्र संघले आनाकानी गर्दै आएको छ ।

गुण्डागर्दी गरेको अभियोगमा यसअघि राणा पटक-पटक पक्राउ परेर छुटेका व्यक्ति हुन् । उनलाई केही वर्ष अगाडि नयाँ बानेश्वरमा विरोधी समूहले धारिलो हतियार समेत प्रहार गरेका थिए । त्यस बेला राणा बालबाल बचेका थिए ।